दफा ४
विषयगत मन्त्रालय तथा विभाग रहने
(१) नेपाल सरकारको केन्द्रीय स्तरको कार्यसम्पादन गर्नका लागि आवश्यक संख्यामा विषयगत मन्त्रालय तथा विभागहरुरहनेछन्।(२) मन्त्रालयको संख्या र सोको कार्यविभाजन नेपाल सरकारको कार्यविभाजन नियमावली बमोजिम हुनेछ ।(३) नेपाल सरकारको प्रमुख प्रशासनिक निकायको रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद ्को कार्यालय रहनेछ ।(४) मन्त्रालय मातहतमा आवश्यक संख्यामा विभाग, कार्यालय तथा निकायरहन सक्नेछन्।